लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको गुनासो गरेका छन् । आइतबार मितिनी नेपालले काठमाडौँमा गरेको कार्यक्रममा सहभागी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले संविधान र कानुनमै आफूहरूमाथि विभेद भएको र संविधान र कानुनले प्रबन्ध गरेका अधिकारसमेत आफूहरूले नपाएको गुनासो गरे ।