२८ भदौ, पोखरा । फेवातालको १०६० रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा गएको पाइएको छ । सोमबार सरकारलाई बुझाइएको फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले अन्तिम प्रतिवेदनअनुसार २५०० रोपनीभन्दा बढी जग्गा फेवातालको नाममा ल्याउनुपर्ने देखिएको छ । समितिका अनुसार विभिन्न समयमा फेवातालको जग्गा व्यक्तिको नाममा गएको देखिएको छ भने राजाको हुकुम प्रमांगी, अदालतको फैसला, मातपोतबाट छुट […]