पाटन- पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अस्पतालले नेपाल पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकार, आश्रित परिवारलाई औषधि र उ...