मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ । असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्वन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो । नाचैमा खाद्य सङ्कटका कारण १ सय ८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ । गत मङ्गलबार परेको वर्षासँगै मर्स्याङ्दी आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचै बाहेक आठै वडा पूर्णरुपमा क्षति पुर्याएको छ । बाढीपहिरो पीडितका लागि त विभिन्न निकायबाट खाद्यान्नको व्यवस्था भइरहेको छ । तर, सुरक्षित रहेका नाचैका नागर