वर्षासँगै मनाङमा खाद्य सङ्कट

रासस। मनाङको नासो गाउँपालिका –२ नाचैमा खाद्य सङ्कट भएको छ। असार ४ गते परेको भीषण वर्षाका कारण सबै क्षेत्रबाट सम्बन्ध विच्छेद भएपछि नाचैमा खाद्य सङ्कट आएको हो। नाचैमा खाद्य सङ्कटका कारण १८२ नागरिकलाई छाक टार्ने समस्या भएको छ। गत मङ्गलबार परेको वर्षासँगै मस्र्याङ्दीमा आएको बाढीपहिरोले नासो गाउँपालिकाको वडा नम्बर २ नाचैबाहेक आठै वडामा पूर्णरुपमा क्षति पु¥याएको छ।