निक्केई ३१ वर्षकै उच्च विन्दुमा

भदौ २९, टोकियो (जापान) । जापानको बेञ्चमार्क शेयर परिसूचक बढेर ३१ वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।  खोप विकासमा प्रगति भएको खबरका कारण लगानीकर्ताहरु उत्साहित बनेसँगै मंगलवार शेयर बजारमा वृद्धि भएको  हो । खोप मन्त्री तारो कोनोको नेतृत्वमा नयाँ सरकार बन्ने र आर्थिक स्टिमुलसका कार्यक्रमहरु आउने आशाले पनि शेयर बजार उक्लिएको हो । सोमवार बजार बन्द हुँदाको तुलनामा मंगलवार निक्केई २२५ परिसूचकांक बजार बन्द हुँदा २२ दशमलव ७३ अंकको वृद्धिसहित ३० हजार ६७० दशमलव १ अंकमा उक्लिएको छ । यो सन् १९९० को अगष्ट १ यताकै उच्च हो । बृहत टोपिक्स इन्डेक्स पनि २१ दशमलव १६ अंकले बढेर २ हजार ११८ दशमलव ८७ अंकमा पुगेको थियो । यो पनि सन् १९९० को अगष्ट ३ यताकै उच्च हो । बीमा, समुद्री यातायात र तेल तथा कोइला प्रडक्ट उद्योगको शेयरमा उच्च वृद्धि भएको छ । साथै खुद्रा र रेष्टुराँ क्षेत्रको शेयरमा पनि वृद्धि भएको छ । कोरोना भाइरस विरुद्धको खोप कार्यक्रममा प्रगतिका कारण लगानीहरुले धेरै जसो क्षेत्रका शेयर खरीद गरेको बजारसम्बद्ध स्रोतहरुले बताएका छन् । एजेन्सी  

सम्बन्धित सामग्री

बैंकिङ उठेसँगै नेप्से १ वर्षकै उच्च विन्दुमा, आउने साता के होला ?

२८ असार, काठमाडौं । गत साता २११९ अंकमा रहेको सेयर बजार यो साता २२०४ अंकमा पुगेको छ । यो साता सेयर बजार ४.०१ प्रतिशत बढ्यो । करिब एक वर्षकै उच्च विन्दुमा पुगेको छ । हाल …

सुनको मूल्य वर्षकै उच्च विन्दुमा

२९ पुस, काठमाडौं । सुनको मूल्य पुनः यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय […]

सुनको मूल्य वर्षकै उच्च विन्दुमा

२१ पुस, काठमाडौं । सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो । आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक […]

सुनको मूल्य तोलामा एक लाख नजिक, एकै दिन १९ सय वृद्धि

१८ फागुन, काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं […]

अर्थतन्त्र हालसम्मकै ‘ऋणात्मक’, ५ वर्षकै उच्च विन्दुमा पुग्यो मूल्यवृद्धि

चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक हेर्दा अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको वर्तमान अर्थतन्त्रको अवस्था सम्बन्धि अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा रहेको देखाएको छ ।देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अवस्था दर्साउने शोधनान्तर स्थिती हालसम्मकै उच्च घाटामा छ । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब ८५ अर्बले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।सबै सूचक घाटामा पुगेको पहिलो पटकराष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिरसम्म आईपुग्दा शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ  । शोधनान्तर घाटामा हुँदा वैदेशिक लगानीमा भारी गिरावट आउने र यसको नकारात्मक प्रभाव उत्पादनमा पर्ने भएकाले परनिर्भरता बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।गत असारमा शोधनान्तर स्थिति १ अर्ब २५ करोड रुपैयाँ बचतमा थियो । तर, नयाँ आर्थिक वर्ष (आर्थिक वर्ष २०७८÷०७९) सुरु भएपछि हरेक महिना शोधनान्तर स्थिति घाटामा छ । अर्थतन्त्रका सबै सूचक एकै पटक ऋणात्मक भएको यो नै इतिहासकै पहिलो पटक हो । अहिलेको मूल दायित्व भनेकै शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्नु भएको अर्थशास्त्रीहरु बताउँछन् ।आर्थिक स्थायित्वका परिसूचक दबाबमै छन्ः राष्ट्र बैंकराष्ट्र बैंकको अध्ययन प्रतिवेदनले नै आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा रहेको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न आयात कम गर्नुपर्ने बताएका छन् ।‘आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने अहिलेको चुनौती हो,’ डा. भट्टले भने, ‘अहिलेको अवस्थामा अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्दै लैजानुपर्छ ।’ महँगी ५ वर्षयताकै उच्चवार्षिक उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । यो ५ वर्षयताकै उच्च हो ।आर्थिक वर्ष २०७३/०७४ को भदौमा मूल्यवृद्धि ७.९० प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै सिमित राख्ने दाबी राष्ट्र बैंकले गरेको भएपनि मंसिरसम्म आईपुग्दै ०.६१ प्रतिशतले लक्ष्य नाघेको छ । रेमिट्यान्स निरन्तर ओरालोरेमिट्यान्स (विप्रेषण आप्रवाह)मा निरन्तर कमी आईरहेको छ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) मा रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ  । गत आर्थिक वर्षको यो अवधिको तुलनामा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो । गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो  ।

कच्चा  तेलको भाउ ३ वर्षकै उच्च विन्दुमा

असोज १९, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर तीन वर्ष यताकै उच्च स्तरमा उक्लिएको छ ।  तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समूह बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह अर्थात् ओपेक प्लसले तेलको उत्पादन वृद्धिको योजना यथावत् रहने घोषणा गरेपछि अन्तरराष्ट्रिय बजारमा मंगलवार तेलको भाउ बढेको हो । विद्यमान दैनिक ५८ लाख ब्यारेलको उत्पादन कटौती हटाउँदै लैजान कम्तिमा सन् २०२२ को अप्रिलसम्ममा हरेक महीना तेलको उत्पादन दैनिक ४ लाख ब्यारेलका दरले बढाउँदै लैजानेमा गत जुलाईमा ओपेक प्लसले सहमति गरेका थिए ।  मंगलवार यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ : ४१ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ५ प्रतिशतले बढेर ८३ डलर ११ सेन्टमा पुगेको थियो ।  सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि १ दशमलव २७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७८ डलर ५९ सेन्टमा पुगेको थियो ।  सोमवार ब्रेन्ट क्रुड र डब्ल्यूटीआई दुबैको भाउ क्रमशः २ दशमलव ५ प्रतिशत र २ दशमलव ३ प्रतिशत बढेका थिए । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । एजेन्सी

सप्तकोसीमा यस वर्षकै उच्च बहाब

सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाब मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाब आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनमा सप्तकोसीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड बहाब पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका […]

कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित

चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।सप्तकोसीमा पानीको बहाव उच्च भएपछि

सप्तकोशीमा यस वर्षकै उच्च बहाव

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा

तेलको भाउ २ वर्षकै उच्च विन्दुमा

जेठ १८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेर २ वर्षकै उच्च विन्दुमा  उक्लिएको छ ।  आगामी चरणको उत्पादन नीतिबारे छलफल गर्न मंगलवार प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपकबाहिरका प्रमुख तेल उत्पादकहरु भिडियो कन्फ्रेन्समार्फत भेट्दै थिए । सो बैठकमा उत्पादन बढाउनेबारे सहमति हुन सक्ने आशामा तेलको भाउ बढेको हो ।  मंगलवार बिहानी कारोबारमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ करीब २ दशमलव ७ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ डलर १५ सेन्टमा पुगेको थियो । ब्रेन्टको भाउ ७० डलरमाथि पुगेको यो मार्चयता पहिलो पटक हो ।  अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि ३ प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ६८ डलर ६१ सेन्टमा पुगेको छ । यो २ वर्षभन्दा बढी समययताकै उच्च हो । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।  दुबै क्रुड फयूचर यस अघि सन् २०१९ मा मात्रै यो स्तरमा आएको थियो । एजेन्सी