कोसी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित

चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ ।केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लोपटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोसीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।सप्तकोसीमा पानीको बहाव उच्च भएपछि