एमसीसीबारे नेपालले भने: गठबन्धनमा सहमति गरेर अघि बढ्छाैं

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमार र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानूनअनुसार अघि बढाउने जवाफ नेपालले दिएका छन् ।

सम्बन्धित सामग्री

लोसपालाई गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सत्ता गठबन्धनमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा सो सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।उनले भने, 'आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।"आजको बैठकमा सिट बाँडफाँटको विषयमा कुनै छलफल नभएको उनले दावी गरे ।

गठबन्धनमा आंशिक सहमति, दोहोरो दाबी शीर्ष नेतृत्वले टुंग्याउने

गठबन्धनमा रहेका पाँच दलबीच आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ । तर, केही निर्वाचन क्षेत्रमा भएको एकभन्दा धेरै दलको दाबी शीर्ष नेताको समझदारीमा टुंगो...

गठबन्धनमा सिट बाँडफाँटमा लगभग जुट्याे सहमति, कुनले कहाँ पाए?(सूचीसहित)

काठमाडाैँ – लामाे समयसम्मकाे निरन्तर छलफलपछि सत्ता गठबन्धनमा  प्रतिनिधिसभा सिट बाँडफाँटमा लगभग सहमति जुटेकाे छ । गठबन्धनमा आवद्ध पाँच दल: नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)का शीर्ष नेताहरूले निरन्तर छलफल पश्चात् सिट बाँडफाँटलाई करिब सहमति नजिक पुर्याएका हुन् । बुधबार रातिसम्म भएको छलफलले केही क्षेत्रका थाेरै सिटबाहेक […]

गठबन्धनमा सिट बाँडफाँड : कांग्रेसले ९० सिटमा सहमति जनायो

काठमाडौं, २७ साउन । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ । पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको […]

संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए । ‘संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ ।   गठबन्धनमा सहमति जुटे लगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकबाट उक्त विधेय

पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति

सत्ता गठबन्धनमा काँग्रेस सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने सहमति भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको काँग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने उनी तत्कालीन नेकपाकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्बाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गर

संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्न गठबन्धनमा सहमति

८ असार, काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम सक्न संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियाबारे छलफल भएको हो । सरकारका प्रवक्ता एवम संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनको निम्ति छलफल केन्द्रित भएको जानकारी दिए । उनका अनुसार कानून, न्याय […]

मकवानपुरमा अझै जुटेन गठबन्धनमा सहमति, सोमबार सहमति नभए केन्द्रमै पठाइने

हेटौँडाः सत्ता गठबन्धनले सोमबारसम्म मकवानपुरमा सिट बाँडफाँटमा सहमति गर्ने तयारी गरेका छन्। सोमबार साँझ ५ बजेसम्म सहमति खोजिने गठबन्धनमा आवद्ध दलहरुले जनाएका छन्। आइतबार बैठक बस्ने भनिए पनि माओवादी केन्द्रको आन्तरिक छलफलका कारण बैठक बस्न सकेन। माओवादीको छलफलका कारण बैठक सोमबारसम्म स्थगित भएको नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले…

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।गठबन्धनमा सहमति भएपछि आजै संसद बैठकमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन् ।

गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?

काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले राजीनामा गरी नेपाली काँग्रेसका वीरेन्द्रप्रसाद कनौडियालाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति भएको छ । कनौडियाले आलोपालोको सहमतिबारे खुलाइसकेका छन् । लुम्बिनीको आलोपालो सरकार चलाउने विषय माओवादीको […]