गठबन्धनमा सिट बाँडफाँड : कांग्रेसले ९० सिटमा सहमति जनायो

काठमाडौं, २७ साउन । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये ९० सिट कांग्रेसले लिने र बाँकी ७५ गठबन्धनमा आवद्ध अरु दलले लिने सहमति भएको छ । पछिल्लो समय कांग्रेसले गठबन्धनमा १०० सिट लिने चर्चा चलिरहेको […]

सम्बन्धित सामग्री

सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई किन बाेलाएन ?

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो । निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा...

कांग्रेसले सय सिट लिन पहल गर्नुपर्छ : नेता कोइराला

महेन्द्रनगर- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए। नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँड भइसकेपछि […]

दीपक खड्काको खुलासा : कांग्रेसले १६५ मा ९० सिट पाउने सहमति भएको छ (भिडिओसहित)

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक खड्काले गठबन्धनले चाँडै सिट बाँडफाँड टुँगो लगाउने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बाहिर हेर्दा सिट बाँडफाँडमा कुरा नमिलेको जस्तो देखिएपनि भित्र कुरा मिलिसकेको सुनाए […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँड टुँगो लगाउने

काठमाडौं, ७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । आगामी मसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँडबारे आजको बैठकमा छलफल भैरहेको जनाईएको छ । गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ । […]

गठबन्धनमा सिट बाँडफाँड : कांग्रेस ९०, माओवादी ४० सिट, माधव र उपेन्द्रलाई कति ?

काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे सहमति जुटेको छ । कांग्रेसनिकट उच्च स्रोतको अनुसार कांग्रेसले प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९० सिट लिने सहमति भएको छ । सुरुमा कांग्रेसले १०० सिटमा दाबी गरेको थियो । तर, माओवादीले कुनैपनि हालतमा १०० सिट नदिने अडान लिएको थियो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजानुपर्ने […]

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छ : एकीकृत समाजवादी

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी) का सांसद सोमप्रसाद पाण्डेले पार्टीअध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको मूल्यांकन गरेर मात्रै आगामी निर्वाचनको सिट बाँडफाँड हुनुपर्ने बताएका छन्।मंगलवार संसद बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले नेपाली कांग्रेसले स्थानीय तहमा आएको निर्वाचनको परिणाम अनुसार आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने भन्ने प्रस्ताव गरेको सञ्चारकर्मीको प्रश्नप्रति पार्टीले देउवालाई प्रधानमन्त्री

कांग्रेसको निर्णयले चुनावमा पाँचदलीय  गठबन्धन निश्चित, तर सिट बाँडफाँड जटिल

प्रदेश र संघीय निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने कांग्रेसको रणनीतिक निर्णय, सिट बाँडफाँड मा लचकता अपनाउने कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरेको छ । यो...

केन्द्रको निर्णय प्रति विराटनगर कांग्रेस असन्तुष्ट

विराटनगर : आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले  केन्द्रबाट नै विराटनगरसहित ६ महानगरको भागबण्डा लगाएको छ।  तर, यता विराटनगरमा भने केन्द्रले गरेको निर्णय प्रति  कांग्रेसले असन्तुष्टि जनाएको छ।सत्ता गठबन्धनमा रहेको  दलका शीर्ष नेताहरुले बुधबार विराटनगर महानगरपालिकाको मेयर–उपमेयरको सिट बाँडफाँड गर्ने क्रममा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख पाउने सहमति भएको  छ।यसअघि कांग्रेसले विराटनगरमा गठबन्धन नगरी एक्लै चुनावी मैदानमा लड्ने नि