सुदूरपश्चिम विश्वविद्यालय : पछिल्ला पाँच वर्षको बेरुजु ५ करोड ७८ लाख

असोज २, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुदूरपश्चिम विद्यालयको बेरुजु वर्षेनी बढ्दै गईरहेको पाइएको छ । महालेखाका पछिल्ला पाँच प्रतिवेदन अनुसार सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु पाँच करोड ७८ लाख ६ हजार रहेको छ ।  सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रक्रिया पूरा नगरी गर्दा देखा पर्ने अनियमित रकमलाई बेरुजुको रुपमा लिइन्छ । आर्थिक कारोबारको हिनामिना र आर्थिक अनुशासनहीनताको उपजका रूपमा लिईने बेरुजु विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायमा बढ्दै जान थालेपनि पारदर्शिता माथि प्रश्न उठ्न थालेको छ ।  महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै विश्वविद्यालयको बेरुजु २ करोड ५२ लाख ६८ हजार देखिएको छ । जसमा असुल गर्नुपर्ने ६ लाख ४५ हजार, अनियमित भएको ३७ लाख ८१  हजार र कागजात नपुगेको २ करोड ८ लाख ४२ हजार रुपयाँ रहेको छ ।  केन्द्रीय कार्यालय, सेवा आयोग, परीक्षा नियन्त्रण कार्यायल, संकाय विभाग तथा आंगिक क्याम्पस सहित ३१ ओटा निकायमा लेखा परीक्षण गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।  ८८ वडा शिक्षक/कर्मचारी रहेको विश्वविद्यालयमा अघिल्लो आवमा ४४ करोड ३३ लाख खर्च गरिएको छ । विश्वविद्यालय ऐनको दफा ३ मा विश्वविद्यालयले आफ्नो आयव्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणली अनुसार राख्नु पर्ने र ताकिए बमोजिम आन्तरिक नियतन्त्रण प्रणाली प्रणालीको व्यस्थापन गर्नुपर्ने व्यवस्था भएपनि ऐन लागू भएको नौ वर्षसम्म पनि लेखाको ढाँचा नतोकेको, लेखाका नीतिहरु तयार नगरेको र आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गरेका नगरे महालेखाले जानकारी दिएको छ ।  साथै, विश्वविद्यालयले सार्वजनिक लेखा अनुसार लेखा र वित्तीय विवरणको ढाँचा तोकि कार्यान्वयमा ल्याउन महालेखा सुझाएको छ । त्यस्तै महालेखाको ५७ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५/७६ मा सुदूरपश्चिम विश्वविद्यालयको बेरुजु १ करोड १३ लाख ६ हजार रहेको छ । जससमा अनियमित २८ लाख ३५ हजार, प्रमाण नपुगेको ८४ लाख ७१ हजार र असुल उपर गर्नुपर्ने ८ लाख १३ हजार रहेको छ ।  महालेखाको ५६ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/७५ मा विश्वविद्यालयको बेरुजु ९३ लाख ८४ हजार रहेको उल्लेख छ । जसमा अनियमित ९१ लाख ६८ हजार, प्रमाण नपुगेकोमा १ लाख ८० हजार र अन्य असुल उपर गर्नुपर्ने रकम छ । भने अािर्थक वर्ष २०७३/७४ को बेरुजु ७४ लाख ७५ हजार रहेको महालेखाको ५५ औं प्रतिवेदनमा उल्लेख छ ।  त्यस्तै, आव २०७२/७३ मा २१ करोड २५ लाख ६५ हजार रकमको लेखा परीक्षण गरिएको ४३ लाख ७३ हजार बेरुजु देखिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको ५६औं प्रतिवेदन अघिको बेरुजु मात्रै ३ करोड २३ लाख ३१ हजार रहेको छ । 

सम्बन्धित सामग्री

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २० जनाको आवेदन

२० चैत, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि २० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जना र मध्यपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन स्वीकृत भएको हो । सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा. […]

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]

सुदूरपश्चिम विश्वविद्यालय : चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ, माघ १७ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले […]

लोककथा प्रकाशनको तयारीमा सुदूरपश्चिम विश्वविद्यालय

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ। विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान र संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो। सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए।‘

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा चन्द

सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्। उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष...

अन्तर्राष्ट्रिय सम्मेलन गर्दे सुदूरपश्चिम विश्वविद्यालय

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन गरिने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्।

सुदूरपश्चिम विश्वविद्यालय: कृषि संकाय विद्यार्थीको रोजाइमा

कञ्चनपुर–  सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।  त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलित

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन्। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं  सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए।‘सिनेट बैठकका एजेण्डामा म

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग

२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् । गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन […]