नीति निर्माण गर्ने थलो संसद्मा पुग्ने दौडमा यसपटक अर्थविद्देखि पूर्वाधार विज्ञ, इन्जिनियर, वैज्ञानिक र चिकित्सकसम्म चुनावी मैदानमा उत्रिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा पेशाकर्मीहरूले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएपछि चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ । अर्थविद्को पहिचान बनाएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले तनहुँ–१ बाट […]
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम खारेज गरिएको छ। यसको साटो सुशीला कार्की नेतृत्वको सरकारले ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने तयारी थालेको छ। श्रम मन्त्रालयका अनुसार, नयाँ कार्यक्रम मुलुकको आन्तरिक रोजगार प्रवर्द्धन गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, अनुभव, पुँजी र प्रविधिलाई उपयोग गरी रोजगार, स्वरोजगार र उद्यमशीलता […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका उम्मेदवारहरूले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। जिल्लाका ८ उम्मेदवार—एक स्वतन्त्र र सात दलका—बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्। उम्मेदवारहरूले निर्वाचन प्रक्रिया स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने, प्रचार–प्रसार शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमा टीकाटिप्पणी […]
Kathmandu. U.S. President Donald Trump's recent public remarks suggesting that NATO allies were distant from the frontline in Afghanistan have drawn criticism.“The Danish veterans stated that no words can describe how painful this accusation is, and I know this,” he wrote on the social networking site Facebook.He added, “It is unacceptable for the U.S. President to question the commitment of allied soldiers in Afghanistan.” The 'Danish Veterans Association' had previously stated that no words would be sufficient to criticize Trump's remarks.The association's statement read, “Denmark has always stood by the United States, and when the U.S. requested, we stood in...
सरकारले २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानविनका लागि गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगलाई थप समय दिँदा निष्पक्ष, […]
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा बंगलादेशको सट्टा स्कटल्यान्डलाई सहभागी गराउने औपचारिक निर्णय गरेको छ। भारतमा तय गरिएका आफ्ना खेल खेल्न अस्वीकार गरेपछि बंगलादेश प्रतियोगिताबाट बाहिरिएको हो। आईसीसीले बंगलादेशको आग्रहबारे अध्ययन गर्दा “कुनै विश्वसनीय वा पुष्टि गर्न सकिने सुरक्षा खतरा नदेखिएको” निष्कर्ष निकालेको जनाएको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले […]