काठमाडौं : विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जानेले चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा उतीर्णपछि अनुमति पत्र लिएर मात्रै जानुपर्ने नियम सरकरले बनाएको छ। आयोगले हिजो (आइतबार) सूचना निकालेर यससम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो। जसअनुसार चिकित्सा शिक्षाका विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा चिकित्सासम्बन्धी उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धी निर्देशिका २०७७ अनुसार आयोगबाट अनुमति पत्र लिनै पर्ने भएको छ।&nb