नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताएका हुन् ।