बुटवल उपनगरका १ कर्मचारीसहित रुपन्देहीका थप १४ मा कोरोना

कपिलवस्तु : प्रदेश राजधानी बुटवल र भैरहवामा १४ जना कोरोना संक्रमित थप भएका छन्। बुटवल नगरपालिकामा स्थायी बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनामा कोरोना भएको पुष्टि भएको छ।  बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नम्बर १६ मा १ जना र नगरपालिकाका एक कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख कुन्दन स...

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट बुटवल १८ का वडाध्यक्षको निधन

तिलोत्तमा । बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । गत असार १० गते कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका […]

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि …

रुपन्देहीमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा […]

कोरोना संक्रमितलाई आयुर्वेद चिकित्सा प्रणालीमा चासो बढाउँदै बुटवल

कोभिडको यो दोस्रो लहरले मानिसमा मानसिक तनाव उत्पन्न गराइरहेका बेलामा बुटवल उपमहानगरले फेरि आयुर्वेद, योगा र ध्यानमा चासो बढाएको छ । खासगरी आयुर्वेद चिकित्साका केही विधिलाई अपनाउँदै अहिले कोरोना संक्रमितको मनोबल बढाउने काममा उपमहानगर केन्द्रित भएको छ । कोभिडको महामारीले विश्वको मानसिकतालाई भौतिकताबाट पूर्वीय दर्शनको आध्यात्मिकतातिर फर्काइरहेका बेलामा बुटवल उपमहानगरले यसलाई व्यवहारिक रुपमै प्रयोगमा ल्याएको छ ।  बुटवलमा आयुर्वेद विज्ञान र योगका माध्यमबाट संक्रमितमा मनोबल बढाउने र अरुमा सकारात्मक उर्जा जगाउ...

बुटवल कोरोना अस्पतालमा फेरि अक्सिजन अभाव

मागअनुसार आपूर्ति नहुँदा बुटवलको कोरोना विशेष अस्पतालमा पुनः अक्सिजनको अभाव भएको छ

बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी

बुटवल । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको घरघरमै सेवा पु¥याउने तथा चिकित्सकीय परामर्ससहित औषधीहरु उपलब्ध गराउने काम भइरहेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराए । महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित यहाँका सामाजिक संघसंस्थाहरुसंगको […] The post बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२६ वैशाख, बुटवल। रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ की ५२ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १३ गते संक्रमण पुष्टी भएकी उनी १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको […]

कोरोना अस्पतालमा थप एकजनाको मृत्यु

२६ वैशाख, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ का ४८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख ११ गते संक्रमण पुष्टि भएका उनी १२ गते अस्पताल भर्ना भएका थिए । दुई हप्ता उपचारमा रहेका उनको दोस्रोपटक १८ गते […]

कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीन जनाको मृत्यु

बुटवल। कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीन जनाको मृत्यु भएको छ। बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो।मृत्यु हुनेमा बुटवल–११ का ३१ वर्षीय र बुटवल–१४ का ६६ वर्षीय पुरुष तथा मायादेवीकी ७२ वर्षीया महिला रहेका छन्। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४ पुगेको छ।

बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै…