कोभिडको यो दोस्रो लहरले मानिसमा मानसिक तनाव उत्पन्न गराइरहेका बेलामा बुटवल उपमहानगरले फेरि आयुर्वेद, योगा र ध्यानमा चासो बढाएको छ ।
खासगरी आयुर्वेद चिकित्साका केही विधिलाई अपनाउँदै अहिले कोरोना संक्रमितको मनोबल बढाउने काममा उपमहानगर केन्द्रित भएको छ ।
कोभिडको महामारीले विश्वको मानसिकतालाई भौतिकताबाट पूर्वीय दर्शनको आध्यात्मिकतातिर फर्काइरहेका बेलामा बुटवल उपमहानगरले यसलाई व्यवहारिक रुपमै प्रयोगमा ल्याएको छ ।
बुटवलमा आयुर्वेद विज्ञान र योगका माध्यमबाट संक्रमितमा मनोबल बढाउने र अरुमा सकारात्मक उर्जा जगाउ...