रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका वादी पक्षको आजदेखि अदालतमा बकपत्र सुरु भएको छ ।
हिजो मङ्गलवार दुवै पक्षका साक्षीहरूको हाजिर गरेर बकपत्र सुरु गरिएको थियो । रुकुम जिल्ला अदालतमा वादी पक्षका १२ जना साक्षीहरूको बकपत्रको कार्य सकिएको स्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो ।
साेती गाउँ घटनाका १२ जना घाइतेसहित वादी तर्फका ३९ जना साक्षीले बकपत्र गर्नेछन् । बादीतर्फका साक्षीहरूकाे बकपत्र सकिएपछि प्रतिवादीतर्फका साक्षीहरूको वकपत्र ...