५ लाखसम्मको कर्जा विद्युतीय माध्यमबाटै

काठमाडौं । विद्युतीय भुक्तानीसम्बन्धी कारोबारमा सर्वसाधारणको आकर्षण बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूको शाखामा नगई विद्युतीय माध्यमबाटै ५ लाख रुपैयाँसम्मको कर्जासमेत लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले तलबी खाता भएका ग्राहकहरूलाई अधिकतम ५ लाख र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्मको कर्जा विद्युतीय माध्यमबाट दिन सकिने व्यवस्था गरेको हो । अधिकतम ३ वर्षे अवधि तोकिएको यस्तो कर्जाको आवेदनदेखि स्वीकृतिको सबै काम विद्युतीय माध्यमबाट हुनेछ । राष्ट्र बैंकले निर्देशन जारी गर्नुअघि नै केही बैंकहरूले भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसओ) सँग मिलेर मोबाइल बैंकिङमार्फत २ लाखसम्म कर्जा दिन सक्ने सेवा शुरू गरिसकेका थिए । अब बैंकहरूले वेबसाइट तथा मोबाइल एप्समार्फत आवेदन लिएर कर्जा दिन पाउने प्रावधान गरेको हो । मार्गनिर्देशनअनुसार बैंकहरूले विद्युतीय कर्जासम्बन्धी नीति सञ्चालक समितिबाट पास गरेर त्यसअनुसार कर्जा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । विद्युतीय कर्जा दिन बैंकहरूले छुट्टै वेब पोटल वा एप्सको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई प्रतिनिधि नियुक्त गरेर समेत यस्तो कर्जा लगानी गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिले कर्जा आवेदनदेखि असुलीसम्मका काममा सहजीकरण गर्न सक्नेछन् । यसैगरी मार्गनिर्देशनमा भुक्तानी प्रणालीको अनुमति पाएका संस्थालाई यसरी ऋण दिन एजेन्ट राख्न सक्ने व्यवस्था गरिएको छ । तर, एजेन्टले सेवा उपलब्ध गराएबापत ग्राहकसँग थप शुल्क लिन नपाउने प्रावधान राखिएको छ । हाल आरटीजीएस, इन्टरबैंक फन्ड ट्रान्सफर, डेविट/क्रेडिट कार्ड, मोबाइल वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय सेवाबाट बैंक खातामा रकमान्तरदेखि युटिलिटी बिल पेमेन्ट, अनलाइन सपिङ तथा किनमेलमा प्रयोग बढिरहेको छ । विद्युतीय भुक्तानीको पूर्वाधार विकास र विस्तारसँगै विद्युतीय माध्यमबाट कर्जा प्रवाहको व्यवस्था मिलाउन माग बढ्दै गएकाले नीतिगत सहजीकरण गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा समेत वालेट कम्पनीहरूमार्फत समेत ससानो कर्जा प्रवाह गर्न पाउने प्रावधानबारे अध्ययन गर्ने उल्लेख गरेको छ । वालेट कम्पनीहरू भर्खरै खुल्दै गरेको र उनीहरूसँग पर्याप्त पूर्वाधार तथा क्षमता नभएकाले तत्कालका लागि बैंक तथा वित्तीय संस्थाहरूले मात्र विद्युतीय कर्जा दिन पाउने व्यवस्था गरिएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी कामना सेवा विकास बैंकद्वारा सम्झौता

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एक सम्झौता गरेको छ । बैंकले नेभ नेपालसँग उक्त सम्झौता गरेको छ ।  यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभका तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा...

प्रभु बैंकले दियो विद्युतीय सवारीका लागि सर्वसुलभ कर्जा

काठमाडौं, १८ श्रावण । प्रभु बैंक लिमिटेड र भि.जि. इम्पेक्स प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भि.जि. इम्पेक्स प्रा.लि.का तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। प्रभु बैंक र भि.जि. इम्पेक्स प्रा.लि. बीच सम्पन्न उक्त सम्झौता अनुसार भि.जि. इम्पेक्स […]

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले कर्जा दिने

एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा पाउने गरी सम्झौता भएको हो ।  यस अन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिनासम्मको किस्ता तिरेर...

बीवाईडीका विद्युतीय सवारी खरिद गर्न प्रभु बैंकको कर्जा

बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रालिले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ । यो साझेदारीले ग्राहकलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको […]

टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न ८० प्रतिशतसम्म कर्जा

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्गबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने जनाइएको छ ।  यस...

टाटाका विद्युतीय गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा पाइने

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट...

ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  समझदारी...

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि मार्गदर्शन २०७८ जारी गरेको छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि हुन थालेको छ ।  यस्तो अवस्थामा ग्राहकको भौतिक उपस्थिति बिना नै वित्तिय सेवाको माग बढ्दै गएकाले बैंक तथा वित्तिय संस्थाहरूमा कर्जाको आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रियालाई...