घाटापूर्ति गर्न भन्दै निगमले घटाएन पेट्रोलियमको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ। निगमले हाल रु २७ अर्ब घाटा रहेकाले मूल्य समायोजन नगर्ने बताएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी...

सम्बन्धित सामग्री

फेरि बढ्यो पेट्रोलियमको मूल्य : पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल

आमनागरिकले नबुझेको आयल निगमको घाटा

पेट्रोलियमको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र अमेरिकी डलरको मूल्य बढ्नु प्रमुख कारण रहेको निगमले बताइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिसँगै नेपालमा डिजेल-मटीतेल र पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य […]

देशभक्त जत्थाहरू

उनीहरू संसद्तिर जाँदै छन् । राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । उनीहरू एकअर्काविरुद्ध भोट हाल्न जाँदै छन् । उनीहरू सबका सब देशभक्त हुन् । उनीहरू एकअर्कालाई देशका शत्रु मान्छन् । भोट दिएर एकथरीलाई जिताउनु छ । अर्कोथरीलाई हराउनु छ । आफूले भनेकोेले जितेन भने देश अमेरिकाको बन्धक बन्छ । अर्कोथरीलाई हारियो भने चीनको बन्धक बनिन्छ कि भन्ने पीर छ । आफू हारे देश कमजोर हुन्छ भन्ने दुवैथरीलाई छ । यी सबैलाई देश बचाउनुपर्छ भन्ने विश्वास यति प्रबल छ कि उनीहरू एकअर्कालाई वर्गशत्रु मान्छन् र पर्‍यो भने र सकेदेखि अर्काथरीलाई सिध्याउने मौका चुकाउन चाहन्नन् । देशभक्तिको यो उपक्रम वर्षौंदेखि जारी नै छ । देशभक्तिको यस्तो हुटहुटी त केही समयपछि हुने स्थानीय निकायको निर्वाचनमा पनि देखिने नै छ । सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ । थुप्रै मानिस देशको मुख्य राजधानीमा बस्छन् । भनिन्छ– प्रायः देशभक्तहरू बस्ने शहर यै हो । तर यति धेरै देशभक्तहरू एकैपटक एकै ठाउँमा अहिलेसम्म देखिएका थिएनन् । एकै ठाउँमा बसे पनि देशभक्तहरू झुन्ड–झुन्ड, गुट–गुटमा बाँडिएका छन् । कुनै जत्था साना छन्, कुनै ठूला । जोसँग जति मान्छे छन्, त्यति नै लिएर उनीहरू देश बचाउन हिँडेका छन् । यो महासंग्राममा प्रत्येकको मूल्य छ । कोही कोही त एक्लै पनि हिँडिरहेका छन् । एक्लै हिँड्नेको मूल्य पनि धेरैसँग हिँड्नेको भन्दा कम छैन । देश बचाउने युद्धमा सबैभन्दा अग्रपंक्तिमा छ कम्युनिष्टहरूको जत्था । ऊ आफूलाई सबैभन्दा उग्ररूपमा देशभक्त मान्छ । उ ब्यालेन्स गर्न माहिर छ । त्यसैले दक्षिणको सिता खाए पनि उत्तरको गीता गाउन कहिल्यै बिर्सन्न । ऊ पुरानै देशभक्त हो । २००४ सालदेखि नै ऊ देशलाई माया गरि नै रहेको छ । झुन्ड–झुन्डमा, गुट–उपगुटमा, अनेक रंगमा, अनेक ढंगबाट । ऊ गतिमा विश्वास गर्छ, चलायमान हुनुमा विश्वास गर्छ । त्यसैले स्थिरतालाई अस्वीकार गर्छ भने बाँकी सबै कुरा स्वीकार गर्छ । चार सालदेखि नै ऊ सबै कुरा स्वीकार गरेरै त हिँडिरहेको थियो । महँगी बढ्न लाग्थ्यो कि उसले वक्तव्य जारी गरिरह्यो । समृद्धिको नारा लेख्यो, गरीबी नघटेकोमा उसले प्रधानमन्त्रीलाई चिठी लेख्दियो । पेट्रोलियमको मूल्य बढेको विरोधमा सानोतिनो जुलुस नै निकाल्यो । देशका खातिर यो जत्थाले के मात्र गरेन, रत्नपार्कका रेलिङ भाँच्नेदेखि टेलिफोनमा बुथ जलाउनेसम्मका महान् कामहरू गरेको छ । त्यतिमात्रै कहाँ हो र ? त्यै जत्थाभित्रका देशप्रेमले अति ओतप्रोत भएको एउटा जत्था त जंगल पनि पस्यो, भारत पस्यो, दरबार पस्यो । कहाँकहाँ पस्यो पस्यो । त्यै क्रममा हजारौंलाई संसारबाटै बिदा गर्नेमा कर्तुतमा पनि ऊ फस्यो । यो जत्थाको मनोवृत्ति कस्तो हँदोरहेछ कुन्नि, सरकार बाहिर हुँदा देशभक्तिकै कारण होला उसले संसद् कहिल्यै चल्नै दिएन । जब सरकारमा पुग्यो, ऊ देशका लागि थप केही गर्न चाहन्थ्यो रे । तर उसलाई उसकै दलभित्र र बाहिरकाले कामैै गर्न दिएनन् रे । तर बिचरा ! कम्युनिष्टहरू देशभक्तिमा यसरी डुबिरहे कि ३ दशक कसरी बित्यो पत्तै पाएनन् । अर्को ठूलै देशभक्त, प्रजातान्त्रिक समाजवादवाला जत्था पनि छ देशमा । ऊ आफूलाई कांग्रेस भन्छ क्यारे । ऊ अहिले बडो आत्मविश्वासका साथ देशभक्तिमा डुबेको देखिन्छ । यसका अगुवाहरू पनि गम्भीर मुद्रामा कछुवातालमा सही, हिँडि नै रहेका छन् । बीच बीचमा एकाध युवाहरू बुढाहरूका बीचमा नारा लगाउन पनि आइपुग्छन् । पत्रकारहरू प्रश्न गर्छन् कि अहिलेको जमानामा यो प्रजातान्त्रिक समाजवाद भनेको के हो ? युवा कांग्रेस नेताहरूसँग यसको कुनै जवाफ छैन । अनि एमसीसी के हो नि ? कांग्रेस सांसद जवाफ दिन्छन्, ‘यो एमसीसी जे सुकै होस्, देशको हितमा छ । एमसीसीविना हाम्रो देशले प्रगति गर्नै सक्दैन ।’ देशमा अर्को सानो जत्था छ, जो आफूलाई सबैभन्दा बढी देशभक्त मान्छ र देशमा राजाविना सबै थोक अपुरो अधुरो हुने ठान्छ । विगतमा राजाहरूकै कारण देश यो हालतमा पुगेको हो भन्ने तथ्यलाई ऊ तोडमोड भएको र भ्रमपूर्ण ठान्दछ । वैकल्पिकको नारा दिएर आएका तर विकल्प दिन नसकेका नयाँ जत्थाहरू पनि आएका छन् देशमा । तर यी जत्थाहरूको विचार र क्रियाकलाप हेर्दा यस्तो लाग्छ कि यिनीहरूले समूह बनाएको यिनका परिवारले समेत पत्याएका छैनन्, कार्यकर्ताहरूले पत्याउने त परको कुरा भयो । शायद त्यै रिस फेर्न घर बाहिर आएर आफू आफूमा एकअर्कालाई लात्ती मुड्की प्रहार गर्छन् । तर आफूहरू चैं खरो देशभक्त हुँ भन्दै फेसबुक र ट्विटरका भित्ता रंग्याइरहन्छन् । सबै देशभक्त जत्थाहरूको एउटा कुरामा भने समानता छ । त्यो हो– कहिले अर्कोलाई सिटबाट हटाऊँ र आफू बसौं । अझ जेलबाट छुटेर भर्खर नयाँ जत्था बनाउन भ्याएका वा भर्खर तोडफोडको देशभक्ति शुरू गरेका नेताहरू जसको टोले मुन्द्रेहरू र छिमेकी बन्दुकेहरूसँग पकड छ, उनीहरूको अलग्गै अकड छ । उनीहरूको काम कारबाही, गतिविधि हेर्दा मानौं, उनीहरूले यसो भन्न जोखिरहेका छन् जस्तो लाग्छ– ‘हामी जेलमा थियौं त के भो ? देशहितका कुरामा कोहीभन्दा पछाडि छैनौं त ।’ यी तमाम नयाँ पुराना जत्थाहरूको देशभक्तिका कारानामाहरू त महालेखाले हरेक वर्ष प्रतिवेदन निकालेरै सार्वजनिक गर्छ । अख्तियारका दराजभित्र फाइलहरूमा थन्क्याइएका यिनीहरूले विगतमा गरेका देशभक्तिका गाथाहरू त यहाँ उल्लेख गरिसाध्यै छैन । कहाँ छचल्किँदैन यी जत्थाहरूका देशप्रेम ? किसानका खेतमा हेर्नुस् वा गाईगोठहरूमा । उद्योगहरूमा हेर्नुस् वा विदेश जाने युवाका कलिला ओठहरूमा । यो सबै देख्दा बेला बेलामा मभित्र पनि देशभक्तिको भावना भयंकर उम्लिएर आउँछ । तर सोच्न सकिरहेको छैन कुन जत्थामा सम्मिलित होऊँ भनेर । सबैको आँखामा नशा देख्छु । सबैको हातमा रगत देख्छु । अनि मनमनै सोच्छु, ‘बाबु ! यो एक्काईसौं शताब्दी हो । अब देशभक्त हुन पहिले जस्तो सजिलो रहेन । यसका लागि सबैभन्दा पहिलो आफै कुनै एउटा नयाँ जत्था बनाउन सक्नुपर्छ ।’ के तपाईं देशभक्तिको खातिर मेरो जत्थाको सदस्य बन्न आउनुहुन्छ त ?

के यो मजाक हो र !

देउवा नेतृत्वको सरकारले एकजना व्यवसायीलाई राज्यमन्त्रीमा नियुक्त मात्र गर्न के भ्याथ्यो, चारैतिरबाट सरकारको विरोधमा व्यंग्यवाण शुरू भइहाल्यो । अनि मैले भनेँ– अहिले त एउटा राज्यमन्त्री मात्र न बनाको हो, मन्त्री वा प्रधानमन्त्री नै त होइन नि । यति धेरै विरोध केका लागि ? ‘वाह ! हाम्रो मनको कुरा गर्नु भो’ भने कतिपय उद्योगीहरूले । मैले भनेँ– यो तपाईंको मनको मात्र होइन, यो त धनको कुरा पनि हो । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड । सरकारी अधिकारीहरू भन्छन्– देशमा व्यवसायीले कर छलिरहेका छन् । बिजुलीलगायत विविध प्रकारका चोरी भइरहेका छन् । चोरी जसरी पनि रोकिनुपर्छ । ठीक कुरा हो । तर, डकैती पनि रोक्नुपर्छ नि हाकिमसाब ! नेपाली लोकतन्त्रको खुबी नै यै हो कि मन्त्रालय जानै नसक्ने मान्छे प्रधानमन्त्री हुन पाउँछ, अस्पतालबाटै देश चलाउन पाइन्छ । शारीरिक र मानसिक रूपमा रोगी पनि स्वास्थ्यमन्त्री बन्न सक्छ, एउटा अशिक्षित, गँवार शिक्षामन्त्री बन्न सक्छ, भूमाफिया भूमिसुधार मन्त्री बन्न सक्छ । अहिले नियुक्त स्वास्थ्य राज्यमन्त्री त हेर्दैमा स्वस्थ र खाइलाग्दो पो हुनुहुन्छ । मन्त्री बनेपछि उहाँलाई खाइरहनुपर्ने आवश्यकता नै के पर्ला र ? त्यसमा पनि उहाँले सुरक्षा बाहेकका सरकारी सुविधा नलिने घोषणै गरिसक्नुभा छ ! बरु आफूलाई भाग्यमानी नै सम्झनुपर्छ कि हामीले पाँचौंपटक प्रधानमन्त्रीमा एकजना यस्तो व्यक्ति पाएका छौं, जो धेरै बोल्नुहुन्न । र, उहाँले बोल्न जरुरी पनि छैन । किनकि अब आउने ४–५ जना प्रमका लागि पुग्नेगरी निवर्तमान प्रधानमन्त्रीले बोलेर गैसक्नु भएको छ । जहाँसम्म कामको कुरा छ, उहाँले काम गर्नुहोला भनेर कसले पो आशा गरेको छ र ? बरु उहाँले केही नगरे बेश हुन्थ्यो । किनकि डर चैं उहाँले फेरि के के गर्दिनुहोला भन्ने चैं हो । किनकि, उहाँको विगत पनि छ नि त !  फेरि हाम्रो देशै यस्तो छ कि केही नगरे पुरस्कार पाक्छ, गरे अख्तियार लाग्छ । उहाँका पूर्ववर्ती नेतृत्वले सुखी नेपाली, समृद्ध नेपाल बनाएर गैसकेकै छन् । उहाँले अब किन केही गरिरहन प¥यो र ? तर केही मान्छे देशमा अझै समृद्धि आएन भनिरहेका छन् । समृद्धि किन आएनछ त भने जहाँ समृद्धि छ, त्यहाँ जनता छैनन्, जहाँ जनता छन्, त्यहाँ समृद्धि पुग्दै पुग्दैन रहेछ । तर देशमा विकासै नभाको भन्न चैं मिल्दैन है ! उदाहरणका लागि, ३० वर्ष अगाडि जो बेरोजगार जम्मा २० वर्षका कलिला ठिटा थिए, ऊनीहरू आज ५० वर्षको जवान भइसके । यो विकास नभए के हो त ? हुन पनि बेरोजगारीको विकास देशमा यति तीव्र गतिमा भइरहेको छ कि बिचरा विकास स्वयं बेरोजगार छ । नपत्याए केही विकास बहादुर, विकास कुमार, विकास प्रसाद वा विकास राजलाई भेटेर सोधिहेर्नुस् त !   पेट्रोलियमलगायत अत्यावश्यक वस्तुको मूल्य प्रतिदिन उकालो लागिरहेछ । सामान्य जनता के बुझ्दैनन् भने सरकारले बचत र कमाइमार्फत नै विकास गर्ने हो । सरकारले बेरोजगारमार्फत बचत गरिरहेको छ भने महँगीबाट कमाइ । किनकि बेरोजगारले खर्च गर्न सक्दैन भने महँगी बढाइदिँदा सरकारले थप आम्दानी गर्छ । यो त सामान्य अर्थशास्त्र हो नि । तर चिन्ताको कुरा के छ भने केही दिनयता पेट्रोलियमको मूल्य बढेको छैन । यसरी सरकारको कमाइमा ढिलासुस्ती हुने हो भने देशको विकास कसरी हुन्छ हँ ? विकास राम्रोसँग हुन सबै दलहरूको सबैसँग तालमेल मिल्नुपर्छ । तर दलहरूको तालमेल दलसँग भन्दा दलालहरूसँग बढी हुन पुग्यो । उनीहरू तालमेलभन्दा जालझेलको खेलमा रमाउन थाले । हाम्रो देशका नेताहरूको ताल देख्दा लाग्छ कि उनीहरूले लक्ष्मीका चैं माया पाएका, तर सरस्वतीबाट चैं सधैं झापट खाएका मात्र परेछन् । सरकारी अधिकारीहरू भन्छन्– देशमा व्यवसायीले कर छलिरहेका छन् । बिजुलीलगायत विविध प्रकारका चोरी भइरहेका छन् । चोरी जसरी पनि रोकिनुपर्छ । ठीक कुरा हो । तर, डकैती पनि रोक्नुपर्छ नि हाकिमसाब ! किनकि हामीकाहाँ त चोरीभन्दा डकैती नै बढी हुन्छ नि । काहाँ काहाँ ककसले भन्ने त हाकिमसाबहरू र नेताज्यूहरू बढी जानकार नै हुनुहुन्छ । किनकि डाँकाहरूसँग सबैभन्दा नजिकमा त प्रायः यहाँहरू नै हुनुहुन्छ क्यारे । हेर्नुस् त, देशको जीडीपीमा कृषिको योगदान ८० बाट झरेर ३० प्रतिशतमा आइसक्यो । तैपनि तपाईंहरूले नेपाल कृषिप्रधान देश हो भनेर भट्याउन छाड्नुभा छैन । यता उखु किसान उखु बेचेको पैसा पाऊँ भन्दै धुरुधुरु रुँदै वर्षौंदेखि मन्त्रालय धाउँछ । तर प्रत्येक पटक तपाईंहरूबाट आश्वासन मात्र पाउँछ । धेरै वर्षदेखि यो देशमा धेरै कामहरू उल्टोपुल्टो भइरहेको देख्छौं हामी त । तपाईंहरू देख्नुहुन्न र ? जस्तै– लोकतन्त्रमा जनतासँग सरकार डराउनुपर्ने हो । तर यहाँ सरकार देखेपछि जनता कुलेलम ठोक्नुपर्ने स्थिति छ । लोकतन्त्र तलतल भासिँदै गैरहेको छ, अनि भ्यूटावरहरू माथि माथि आकाश नापिरहेका छन् । विगत २ दशकलाई मात्रै फर्केर हेर्ने हो भने पनि सार्क राष्ट्रभित्रका देशहरूमध्ये श्रीलंका, भुटान, मालदिभ्स, बंगलादेश लगायतले निकै लोभलाग्दो गरी विकासमा जम्प गरेका छन् । तर तपाईंहरू भन्नुहुन्छ, ‘निराश हुनु जरुरी छैन ।’ यसको मतलव यदि अहिले जापानमा भइरहेको ओलम्पिक्समा बेरोजगारी र महँगी पनि प्रतिस्पर्धामा राखिएको भए तिनको लङजम्प र हाईजम्पमा नेपालले स्वर्णपदक नैै पड्काउँथ्यो । ओलम्पिक कमिटीमा अलि लबिङ पुगेन र पो ? हैन्त हाकिमसाब ? त्यसैले कि त आउनोस् बसेर अब के गर्ने भनेर गम्भीर सल्लाह गरौं । नत्र अहिले देशमा विकास भएन भनेर ठूल्ठूलो स्वरमा हल्ला नगरौं । बरु अहिलेलाई अलि विस्तारै बोलौं । किनकि हाम्रा नवनियुक्त प्रधानमन्त्री हनिमुनमा हुनुहुन्छ क्या ! जसै उहाँको हनिमुन सकिन्छ, उहाँ काममा पक्कै जुटिहाल्नु होला । विगतमा पनि राम्रो काम गरेकै कारणले त उहाँ पाँच पाँच पटक प्रधानमन्त्रीमा चुनिनुभएको हो । के यो मजाक हो र ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : स‍‌ंयुक्त विद्यार्थी संगठन र नेपाल कम्युनिष्ट पाटीनिकट संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध र प्रदर्शन गरेको छ।दुुई संगठनले बिहीबार माइतीघर मण्डलामा पेट्रोलियमको मूल्य घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो।संयुक्त विधार्थी संगठन भने माइतीघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर सिट्ठी जुसुल टुंग्याएको थियो। उनीहरूले ‘पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर लगायतका प्लेकार्डसहितको नारा बोकेका थिए। नेपाल आयल निगमल

ग्याससहित पेट्रोलियमको मूल्य बढ्यो

नेपाल आयल निगम लिमिटेडले घाटा पूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले खाना पकाउने

पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ । रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।