नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । नियमले पेट्रोल, डिजेल र मटीतेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो । सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत पूर्वाधार शुल्कवापत डिजेल र पेट्रोलमा एक रुपैयाँ शुल्क वृद्धि गरेसँगै निगमले मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ र डिजेल तथा मटीतेल ९८ रुपैयाँ ५० पैसा पुगेको हो । आगामी आर्थिक वर्षको बजेट साउन १ गतेदेखि लागू हुने भए पनि निगमले बिहीबारदेखि नै मूल्य बढाएको हो ।