जेठ ५, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण […]