श्री भगवती युथ क्लबले झम्सिखेलमाथि रोमाञ्चक जित हात पारेको छ । शहीद स्मारक बी डिभिजन लिग अन्तगर्त बिहीबार सम्पन्न खेलमा भगवतीले झम्सिखेलमाथि ३–२ को जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सुरुवातमै भगवतीले सुनिल शाहीको आत्मघाती गोलबाट अग्रता पाएको थियो । ३२ औं मिनेटमा मदन स्याङतेनले गोल गर्दा झम्सिखेलले भूल सुधार गर्दै खेल १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भगवतीले दुई गोल थप्दा झम्सिखेल एक गोल मात्रै गर्न सक्दा उसले हार बेहोर्नुपर्यो ।