काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले उपाध्यक्ष तथा बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबीच एउटै कार्यक्रममा मत बाझिएको छ। काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा पार्टीभित्र विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपालको विषयलाई लिएर ओली र शाक्यबीच मत बाझिएको हो। ओलीले भन्दा अगाडि बोलेकी उपाध्यक्ष शाक्यले माधव नेपालको एमाले पार्टीमा आवश्यकता भएकाले छिट्टै फर्किन आग्रह गरेकी थिइन्। शाक्यले भनेकी थ