नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवार छान्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा छलफल सुरु भएको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबारबाट पौडेल समूहबाट प्रदेश सभापति छनोटका लागि छलफल सुरु भएको हो । सोमबार नेता सिंहले बागमती प्रदेशका केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा लगायतसँग छलफल गरेका थिए । सोमबारको छलफलमा बागमती प्रदेश सभापतिका लागि जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमाला, राजुराज जोशी र रामकृष्ण घिमिरेको नाम प्रस्ताव गरिएको छ ।उनीहरूबाटै उम्मे