नतिजा प्रकाशन ढिलाइ नगर्न त्रिविलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परीक्षाको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।अनुगमन गर्न मंगलबार परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपतिसमेत रहेका मन्त्री पौडेलले यो वा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन्।कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भनेर विद्यार्थीको गुनासो आएको भन्दै उनले फास्ट ट्रयाकबाट नतिजा निकाल्न निर्देशन दिए।सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग

सम्बन्धित सामग्री

त्रिविका विद्यार्थी १४ महिनादेखि नतिजाको प्रतीक्षामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।  गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन […]

१४ महिनादेखि नतिजाको प्रतीक्षामा त्रिविका विद्यार्थी

त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् ।

किन भयो कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ ?

कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो । बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ । नतिजा कहिलेसम्म आउछ अझै निश्चित छैन । प्रा

एसईई नतिजामा ढिलाइ, अब साउन १० को भाखा

६ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न ढिलाइ भएको छ । राष्ट्रिय परीक्षाा बोर्डले असार अन्तिम हप्ता नतिजा सार्वजनिक गर्ने बताए पनि साउन पहिलो हप्तासम्म नतिजा दिन नसकेको हो । माध्यमिक शिक्षा परीक्षाका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले साउन १० गतेभित्र नतिजा प्रकाशन गर्ने बताए । ‘अहिले हामी विद्यार्थीको नतिजालाई फिनिसिङ […]

एक वर्ष बित्यो, अझै त्रिविको परीक्षा नतिजा प्रकाशनको छैन टुंगो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्र

न्याय सेवा आयोगको बैठक बस्न नसक्दा जिल्ला न्यायाधीशको नतिजा प्रकाशनमा ढिलाइ

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सँगै बैठकमा बस्न सहमत नहुँदा न्याय सेवा आयोग र न्याय परिषद्को बैठक प्रभावित भएको छ । बैठक नबस्दा लोकसेवा आयोगले खामबन्दी गरेर पठाएको जिल्ला न्यायाधीशहरूको नतिजा प्रकाशन न्याय सेवा आयोगको घाँटीमा अड्किएको छ । माघ १४ मा न्याय सेवा आयोगको बैठक बसेको थियो । तर, सो बैठकमा अनुपस्थित रहेका न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायाधीशको नतिजा प्रकाशन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्न अस्वीकार ग

९ महिनादेखि नतिजा कुर्दै १६ हजार विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय नियमावलीअनुसार परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ तर २०७७ फागुनमा सम्पन्न परीक्षाको नतिजा ९ महिना बित्दा पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ गर्दा १६ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । एमबीएसका ५ हजार ६ सय, एमपीएका […]

लोक सेवाले शाखा अधिकृतको रिजल्ट सार्वजनिक नगरेको विरोधमा प्रदर्शन

४ असोज, काठमाडौं । अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका हुन् । लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो […]

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् ।  सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ । ‘समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ ?’  कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्...