काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा नतिजामा चरम ढिलाइ गरेको छ। परीक्षा दिएको एक वर्ष पुग्दा पनि हालसम्म परीक्षा नतिजा प्रकाशित नभएपछि परीक्षार्थी खिन्न भएका छन्।तत्काल नतिजा प्रकाशन गर्नुपर्ने उनीहरुको माग छ। त्रिविका अनुसार मानविकी, शिक्षा, व्यवस्थापन लगायत संकायको प्रथम वर्षको परीक्षा गत साउन महिनामा भएको थियो तर एक वर्ष हुँदा पनि त्रिविले नतिजा प्रकाशित गरेको छैन। यी संकायअन्तर्गत सञ्चालन भएको प्रथम वर्षको कुनै परीक्षाको नतिजा प्रकाशित नभएकाे त्र