पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ ।
विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देखाएर खाजा खर्च बापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी संख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी संख्या देख...