विराटनगर : नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ।प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन्।दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन्।सत्ता साझेदार दलको तर्फबाट एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा विपक्षी दलको उम्मेदवार भने टुंगो लागिसकेको छैन।