गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् । बाढीपहिराका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै …