मेलम्चीले बगाउन नसकेको ‘ट्राउट सपना’

२०७८ असार १ गते । हेलम्बु गाउँपालिका–२ किउलमा रहेको रिसोर्टसहितको ट्राउट फार्म बाढीले बगायो । बजार पठाउने तयारीमा रहेका १८ टन रेन्बो ट्राउट माछा हेर्दाहेर्दै बाढीमा बगे । त्यो साँझ माछा मात्र बगेनन्, छिनभरमै रिसोर्ट भएको ठाउँ बगर बन्यो । यो ठाउँमा अहिले न माछा फार्म छ, न रिसोर्ट नै ।