अफगानिस्तान संकटका लागि बाइडेनलाई राजीनामा दिन ट्रम्पको माग

वसिङटन । अफगानिस्तान सम्बन्धी आफ्नो योजना नअपनाएको गुनासो गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाल आइपरेको संकटबाट शर्मनाक भएर बाइडेनले राजीनामा दिनुपर्ने माग गरेका छन् । आफ्नो बयानमा उनले लेखेका हुन्, “अफगानिस्तानमा बाइडेनले जे हुन दिए त्यसप्रति अलिकति पनि लाज छ भने उनले अहिले नै राजीनामा दिनुपर्छ । र, यसका साथै बढ्दो कोभिड...

सम्बन्धित सामग्री

श्रीलंका संकट : निशानामा नेताका घर र सार्वजनिक साधन, तस्वीरहरू

काठमाडौं  : श्रीलंकामा आर्थिक संकटले इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्।प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका

सरकार विरोधी प्रदर्शन चर्किएपछि श्रीलंकामा फेरि संकटकाल घोषणा

वैशाख २४, कोलम्बो । श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ। श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षले पाँच सातापछि अर्थात् शुक्रवार मध्यरातदेखि लागू हुने गरी फेरि संकटकाल घोषणा गरेका हुन्। राष्ट्रपति राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको बताएका छन् । सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।       यसक्रममा शुक्रवार मात्रै संसद भवन अगाडि विरोधमा उत्रिएका दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । केहि  समययता चरम आर्थिक संकटका बीच यहाँ सरकारविरोधी प्रदर्शनहरू भइरहेको छ ।  विरोध प्रदर्शन  चर्किरहेका बेला उनले फेरि संकटकालको घोषणा गरेका हुन्। सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानूनको आह्वान गरेको बताइएको छ । देशको आर्थिक संकटलाई लिएर शुक्रवार विभिन्न ट्रेड युनियनले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए। अहिले श्रीलंका सबैभन्दा ठूदो आर्थिक संकटबाट गुज्रिरहेको छ । कोभिड- १९ को महामारीपछि श्रीलङ्का ऋणको समस्या, तरलता समस्या, र न्यूनतम विदेशी सञ्चितिले लामो समयसम्म विद्युत् कटौती र इन्धनको अभावले उत्पादनशील उद्योग र मध्यम वर्गलाई असर पार्ने कारणले गम्भीर आर्थिक सङ्कटमा फसेको छ।      श्रीलंकामा पछिल्लो समय खाद्यान्न र इन्धनको चरम अभाव हुनुका साथै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्  । एजेन्सी

पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध

चैत २६, कोलम्बो । श्रीलंकाका पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध  लगाइएको छ ।   मुलुकको आर्थिक संकटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलंकाको एउटा अदालतले हालै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको हो ।            कोलम्बोस्थित एक अदालतले गत सोमवार मात्र गभर्नर पदबाट राजीनामा गरेका अजिथ निभार्द चार्बाललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो । राष्ट्रपति गोताबाया राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका चार्बाल श्रीलंकाको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय संकटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गरेका छन् ।            टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा केन्द्रीय बैंकको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’ का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा १६ औं गभर्नरको रुपमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए । यसैबीच गत हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजीनामा दिएका श्रीलंकाका सत्तारुढ दलका सांसद अली साब्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।            उनलाई गत सोमवार राष्ट्रपति राजपाक्षले अर्थमन्त्रीमा नियुक्त गरेका थिए । तर उनले नियुक्त भएको दुई दिन पनि नवित्दै राष्ट्रपतिलाई राजीनामा पेश गरेका थिए । तर राष्ट्रपतिबाट उनको राजीनामा स्वीकृत भएको थिएन ।            उनले शुक्रवार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।           अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन् ।           श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।  एजेन्सीहरु