जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएको गएको भूकम्पबाटनौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ।कृषि विकास कार्यालय जाजरकोटका अनुसार ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्