यी ४ अवस्थामा बीमा कम्पनीले लाभांश घोषणा तथा बितरण गर्न नपाउने

बीमा कम्पनीहरुले विभिन्न ४ अवस्थामा शेयरधनीलाई लाभांश वितरण गर्न नपाउने भएका छन् । बीमा ऐन २०७९ ले बीमा कम्पनीलाई लाभांश बितरणमा शर्त तोकेको हो ।ऐनमा उल्लेख भए अनुसार  देहायको अवस्थामा बीमकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्न र वितरण गर्न पाउने छैन। (क) आफ्नो सम्पूर्ण प्रारम्भिक खर्च, अघिल्लो आर्थिक वर्षसम्मको नोक्सानी यस ऐन तथा प्राधिकरणले निर्धारण गरे बमोजिम जोखिम व्यहोर्न कायम गर्नुपर्ने कोष वा जगेडा कोषको व्यवस्था नगरेसम्म, (ख) बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा नगरेसम्म, (ग) प्राधिकरणले तोके बमोजिम कम्पनीको सम्पत्ति र दायित्वको अनुपात कायम नभएसम्म  (घ) सर्वसाधारणलाई छुट्याइएको शेयर वितरण गरी पूर्ण रुपमा चुक्ता पूँजी भुक्तानी नभएसम्म। प्रचलित कानून बमोजिम बीमकले लाभांश घोषणा गर्नु अघि तोकिए बमोजिम प्राधिकरणको स्वीकृति लिनु पर्नेछ। राष्ट्रपतिले २०७९/६/२३ गते बीमा समबन्धि कानुनलाई समशोधना र एकिकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरण भएसँगै विधेयकले ऐनको रुपमा लिएको हो । यद्यपि ऐन भने प्रमाणीकरण भएको मितिबाट ३१ औ दिन देखि मात्र लागु हुने छ । बीमा ऐन २०७९ ले बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने ब्यबस्था पनि गरेको छ।विभिन्न १३ वटा अवस्थामा आएमा प्राधिकरणले बीमा कम्पनीहरुलाई समस्याग्रस्त घोषणा  गर्न सक्ने ब्यबस्था ऐनले गरेको छ । ति १३ अवस्था निम्न अनुसार छन् । (क) बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा,(ख) बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा,(ग) बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा,(घ) जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा,(ङ) बीमित, शेयरधनी, बीमकका साहू वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक पटक कार्य गरेमा,(च) बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा,(छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लङ्घन भएमा,(ज) बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा,(झ) प्राधिकरणबाट भएको नियमन, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्कीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा,(ञ) दफा १०५ को उपदफा (३) बमोजिमको अवस्थाको जानकारी गराएमा,(ट) बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्ने देखिएमा,(ठ) प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा,(ड) बीमकले पूरा गर्नुपर्ने दायित्व पटक पटक पूरा नगरेमा ।प्राधिकरणले बीमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नु अगाडी अघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ ।तोकिएको अवाधिमा स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्ने ब्यबस्था ऐनले गरेको छ । ऐनमा समस्याग्रस्त भएका कम्पनीको सुधारका उपायहरु पनि उल्लेख छ  । 

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, पुस ३ । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायाम चुक्ता पुँजी ४ प्रतिशत बोनस शेयर र ६।४७ प्रतिशत नगद लाभांश गरि कुल १०।४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव […]

एभरेष्ट बैंकको लाभांश घोषणा

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पुँजी  ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको  १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।  नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

एनसीसी बैंकको लाभांश घोषणा

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले वितरण योग्य रकमबाट शेयरधनीहरुलाई हालको चुक्ता पूँजी एघार अर्ब तेह्र करोडको ३.३६६३ प्रतिशतले हुन आउने सैंतीस करोड पचास लाख बराबरको बोनश शेयर र चुक्ता पूँजीको ७.६३३७ प्रतिशतले हुन आउने पचासी करोड तीन लाख चौसठ्ठी हजार पाँच सय बयासी रूपैया नगद लाभांश गरि कुल ११.२९६७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। हाल एनसीसी बैंक र कुमारी बैंक मर्जर प्रक्रियामा छन् ।यस सँगै एनसीसी बैंक लाभांश घोषणा गर्ने तेस्रो वाणिज्य बैंक बनेको छ । यस अघि सिटिजन्स र कुमारीले लाभांश घोषणा गरिसकेका छन् ।

बोटलर्स नेपालको दुवै कम्पनीको लाभांश घोषणा

बोटलर्स नेपालको दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर २० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ ।

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्स NLG Insurance Company ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३  प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ  ।

सिभिल बैंकको लाभांश घोषणा

सिभिल बैंक Civil Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गरिने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । सिभिलले लाभांश घोषणा गरेसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत सबै बाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् ।

मल्टीपर्पस फाइनान्सको लाभांश घोषणा

मल्टीपर्पस फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६  प्रतिशत हुन आउने  नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंक Prabhu Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.६३ प्रतिशत नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

बिओकेको लाभांश घोषणा

बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले  लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

निफ्राले गर्यो लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । बैंकले पहिलो पटक लाभांश घोषणा गरेको हो ।