नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगो, ग्यास, बिजुलीलगायतका प्रज्वलनशील प्रदार्थको जलनबाट पीडितको उपचार गर्नका लागि सरकारले सबैजसो अस्पतालहरूमा आईसीयूको व्यवस्था गर्नुपर्ने बताएका छन् । जलनको उपचार गर्न भनेर ठूला भवनवाला अस्पताल निर्माण गर्नुभन्दा सबैजसो जिल्लाका अस्पतालहरूमा आईसीयू बेड थप गर्नुपर्ने उनको भनाइ थियो ।