निर्वाचन आयोगले दलहरूमा आन्तरिक प्रतिस्पर्धा तीव्र भए पनि बाह्य सुरक्षा चुनौती सामान्य रहेको निष्कर्ष निकालेको छ । जसका कारण सुरक्षा निकायमा रहेको मौजुदा जनशक्ति र अस्थायी तथा म्यादी जनशक्तिको प्रभावकारी परिचालन गरेर एकै चरणमा निर्वाचन भए पनि सुरक्षा प्रदान गर्न सकिने देखिएको आयोगले जनाएको छ । आयोगले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा नयाँ कोरा जनशक्ति भर्ना नगर्न सुझाव दिएको छ । सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने भएमा नयाँ कोरा जनशक्तिको साटो सेवा निवृत्त