क्राइमियाको बदला : युक्रेनमा रुसको भीषण आक्रमण

सोमबार बिहानदेखि रुसले युक्रेनका विभिन्न सहरमा मिसाइल आक्रमण गरेको छ । युद्ध सुरु भएयता पहिलो पटक युक्रेनको राजधानी किभको मध्यभागमा लामो दुरीका क्षेप्यास्त्र आक्रमण भइरहेको छ ।युक्रेनका ल्वीव, तर्नोपिल, इभानो-फ्रान्किभस्क, झाइतोमिर, नीप्रो, खार्किभ, कोनोटोप, ओडेसा र क्रेमेनचुग जस्ता शहरहरूबाट शक्तिशाली विस्फोटको आवाज सुनिएको छ। यी आक्रमणहरू सोमबार बिहानैदेखि सुरु भएका थिए। बीबीसी सेवाको रिपोर्टका अनुसार यी आक्रमणमा सर्वसाधारणको समेत ज्यान गएको खबर छ । अधिकांश विश्लेषकहरू  क्राइमियाको प