सर्वोच्च अदालतले भन्यो– ‘प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच भेट भएको छैन’

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट नभएको जनाएको छ । मंगलबार सर्वोच्च अदालतबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधान न्यायाधीश छलफल भएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै सो विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्र

सम्बन्धित सामग्री

ओलीलाई देउवाको जवाफ : परमादेशले नै हामीलाई संसदमा भेट गरायो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताएका छन्। शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन्। उनले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ संकेत गर्दै सरकार मात्रै होइन संसद पनि…

बेञ्च र बारलाई नै छिटो समाधान निकाल्न भनेका छौँः कानुनमन्त्री बडु

काठमाडौँः कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतको समस्या सर्वोच्च अदालतले नै निरुपण गर्नुपर्ने विषय भएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिसारमा विवाद चर्किएपछि मन्त्री बडुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। भेटपछि उनले प्रधानमन्त्री देउवासँग यही विषयमा कुराकानी भएको बताए। सरकारले न्यायालयमा हस्ताक्षेप गर्न नहुने पक्षमा प्रधानमन्त्री…

सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति

काठमाडौँ । समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबिच भेट भएको भन्दै लेखेको समाचारका बारे सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई छलफल गर्न बोलाएको थियो । […]

भ्रामक समाचार सम्प्रेषण गरे कानूनी दायरमा आउन सक्ने सर्वोच्चको चेतावनी

सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच सोमबार राति भेट भएको भन्ने अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार सम्प्रेषण गरेकोप्रति दुःख व्यक्त गर्दै यस्ता समाचार सम्प्रेषण गरेर कानुनी दायरामा आउनसक्ने चेतावनी दिएको छ । अदालतले एक विज्ञप्ति जारी गरी यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन …

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भन्ने समाचार निराधार : सर्वाेच्च अदालत

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

काठमाडौं / सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । The post प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च appeared first on Purbeli News.

प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच भेट भएको छैन: सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् । ‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा […]

सर्वोच्चले भन्यो- प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ।

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा सम्प्रेषण भएको समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।  सर्वोच्च अदालतमा बहस सकिँदै गर्दा आफूले रिट निवेदकका तर्फबाट केही कुरा राख्ने सांसद शशी श्रेष्ठले बताइन्। उनले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेरिरहेका केही न्यायाधीशले प्रधानमन्त्री ओलीसँग भेट गरेको तथ्य सञ्चारमाध्यममार्फत बाहिर आएको बताइन्। ‘तर सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै ‘सं

सर्वोच्चले भन्यो, 'प्रधानमन्त्री र न्यायाधीशबीच भेट भएको खबर असत्य र भ्रामक'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका न्यायाधीशहरु बीच बालुवाटारमा भेट भएको भनि आएको खबरको सर्वोच्च अदालतले खण्डन गरेको छ। केही समाचार माध्यममा पुस २६ गते सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण श्रेष्ठ, दीपक कार्की, मीरा खड्का र सपना प्रधान मल्लले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटेको भन्ने समाचार प्रकाशित भएका थिए। उक्त…