चार जिल्लामा जारी पुनः निर्वाचन शान्तिपूर्ण

वैशाख ३० मा स्थगित ४ जिल्लाका ७ वटा मतदान केन्द्रमा आइतबार पुनः निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार कालिकोट जिल्लाको रास्कोट गाउँपालिका स्थित रमालमस्टो मावि र पचालझरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान जारी छ ।सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ ।  बुझाङको जयपृथ्वी नगरपालिकास्थित सुनिपिपल चौर माविको २ वटा मतदान केन्द्रमा पुनः निर्वाचन भइरहेको छ । जुम्लाको गुठीचौर गाउँपालिकास्थित शंकर मावि मतदान केन्द्रम

सम्बन्धित सामग्री

गण्डकीका दुई जिल्लामा पुनः मतदानको माग

काठमाडौं– एमालेसहित आठ दलले गण्डकी प्रदेशका दुई जिल्लामा पुनः मतदान गर्न माग गरेका छन् । गोरखा र स्याङ्जाका  विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै उनीहरूले पुनः मतदानको माग गरेका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरूको नामबाट समेत मतदान गरेकोले पुनः निर्वाचन गर्नुपर्ने उनीहरूको माग […]

चौँतीस जिससमा कांग्रेस

देशका ७७ जिल्लामध्ये ७६ जिल्ला समन्वय समितिको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३४ जिससमा प्रमुख जितेको छ । नेकपा (एमाले) २० वटा जिल्लामा प्रमुख जितेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा भने स्थानीय तहको पुनः निर्वाचन गर्नुपर्ने भएकाले जिससको निर्वाचन हुन सकेको छैन ।

दोलखामा पुन मतदान : पौडेल र सिटौला समूह भिड्ने, देउवा समूह निर्णायक

नेपाली काँग्रेस दोलखाको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुन लागेको  हो । कुल खसेको १५४५ मतमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएर पहिलो भएका छन् । यस्तै कृष्णप्रसाद सिटौला पक्षका सभापति उम्मेदवार ताराकुमार खड्का ३९७ मत ल्याउँदै दोस्रो बनेका छन्। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको गृह जिल्लामा सिटौला समूह बलियो देखिएको छ ।  सभापति शेरबहादुर देउवा समू