कोरियाबाट गौतमबुद्ध क्रिकेट रङ्गशालालाई साढे चार लाख सहयोग

सियोल। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन कोरियाबाट सहयोग आएको छ। वैदेशिक रोजगारीका क्रममा कोरिया गएका नेपालीले ४ लाख ५२ हजार रूपैयाँ सहयोग गरेका हुन्। यहाँका नेपालीले ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने अभियान सञ्चालन गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई उक्त रकम सहयोग गरेका हुन्।

सम्बन्धित सामग्री

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।...

अक्षयकोषका लागि तीन लाख सहयोग

नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।...

मुस्कानलाई मेयर कल्याणकारी कोषबाट २ लाख सहयोग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् । मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताइएको छ ।

मेलम्ची बाढी प्रभावितलाई १० लाख सहयोग

एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।  अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् । सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिए । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गरेका थिए ।

बाढीपहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।

कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो । हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई ...

गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको पाँच लाख सहयोग

माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।बैंकले बतास फाउण्डेसनले निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि यो सहयोग दिएको हो । बैंकले सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको मालाखेती अस्पतालाई अक्सिजन कन्सन्ट्रेटर किन्न ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]

क्यान्सर पीडितको उपचारका लागि ५ लाख सहयोग

क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि विदेशमा ५ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ । वडा नम्बर २ घर भई हाल अमेरिकामा रहेका किरण श्रेष्ठको सक्रियतामा ५ लाख ३३ हजार ८२१ रुपैयाँ सहयोग संकलन गरिएको हो ।  सहयोग रकम पीडित दरैका नाममा माछापुच्छ«े बैंकमा रहेको खातामा जम्मा गरिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानका रहेकाहरूबाट रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिए । अभियानमा घुमन्ते समूहले पनि सहयोग गरेको छ । श्रेष्ठका अनुसार अझै पनि रकम संकलन अभिय...