कोरोना नियन्त्रणको बहानामा सरकारले काठमाडौ उपत्यकामा आगामी शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गरिसकेको छ । तर, प्रशासनको यो निर्णयलाई विपक्षी गठबन्धनले कोरोनाको बाहनामा सरकार आफ्नो स्वार्थसिद्ध गर्ने अभियानमा केन्द्रीत भएको भन्दै शंकाका रुपमा हेरेको छ ।निषेधाज्ञा कडाइ गर्नुमा कोरोना नियन्त्रण भन्दा पनि सरकारले आफुविरुद्ध हुन सक्ने सम्भावित आन्दोलन रोक्न कोरोनाको आडमा राजनीति गर्न खोजेको गठबन्धनले विश्लेषण गरेको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त