घलेम्दी हाइड्रोको साधारणसभा आह्वान

घलेम्दी हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १६ गते बिहान ११ बजे काठमाडौँको नयाँ बजार स्थित सासा ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।  कम्पनीको सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रवन्ध पत्र तथा नियमावली वमोजिम संस्थापक तर्फको संचालक समिति गठन गर्ने प्रस्तावहरु पेश हुने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

सम्बन्धित सामग्री

घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । मङ्सिर १० गतेदेखि विक्रीमा आएको घलेम्दी हाइड्रो कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १६ गतेसम्मका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । घलेम्दी हाइड्रो कम्पनी लिमिटेडले आजदेखि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जस अनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर पुस १ गतेसम्म विक्रीमा रहनेछ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयेजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

घलेम्दी हाइड्रोको शेयर मूल्य समायोजन

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयरका लागि कम्पनीको शेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता १२४.८७ रुपैयाँ कायम गरेको छ ।  यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १७४.६० रुपैयाँ थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ ।  कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । यस आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरू मात्रै यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन् । सेबोनले कम्पनीलाई केही समयअघि हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको थियो । अब यो कम्पनीले १ः२ अनुपातमा अर्थात् चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ । सांग्रिला ऊर्जा प्रालिद्वारा प्रवर्द्धित संखुवासभास्थित छुजुङ्ग खोला जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।

घलेम्दी हाइड्रोको सर्वाधिक रू. ७ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री

फागुन ११, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये घलेम्दी हाइड्रो लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू. ७ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७५ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ८ दशमलव शून्य ७ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ७३७ दशमलव ८२ विन्दुमा रहेको छ भने कुल रू. १ अर्ब ४२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

घलेम्दी हाइड्रोको नाफामा वृद्धि

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।उक्त विवरण अनुसार कम्पनीको नाफामा वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो । […]

घलेम्दी हाइड्रोको नाफा बढ्यो

काठमाडौँ– घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ । समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ […]

घलेम्दी हाइड्रोको नाफामा वृद्धि

घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा आफ्नो नाफामा आकर्षक वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्ष २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा आकर्षक वृद्धि देखिएको हो । यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बिक्री मार्फत १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अ

यी कम्पनीको सेयर मूल्यमा भयो वृद्धि

काठमाडौं। सामान्य अंकले बढेको सेयर बजारमा आज नौ कम्पनीको सेयर १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाईफ हाइड्रो र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशत र नाग्दी पावर, सीइीडीबी हाइड्रो र रैराङ हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढेको हो।

कालिका पावर र घलेम्दी हाइड्रोको शेयरमूल्यमा सकारात्मक सर्किट

साउन १७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा कालिका पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  उक्त अवधिसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कालिका पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६४३ दशमलव ५० र घलेम्दी हाइड्रोको शेयरमूल्य रू.३८६ दशमलव १० पुगेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । उक्त अवधिसम्ममा मार्केट डेप्थमा कालिका पावरको ३२ हजार १०४ कित्ता शेयर खरीद माग र १६० कित्ता शेयर विक्री माग रहेको छ ।  त्यस्तै घलेम्दी हाइड्रोको भने ८०हजार ६९८ कित्ता शेयर खरीद माग र २७ कित्ता विक्री माग रहेको छ ।