फागुन ११, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये घलेम्दी हाइड्रो लिमिटेडको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. ७ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३७५ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ८ दशमलव शून्य ७ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ७३७ दशमलव ८२ विन्दुमा रहेको छ भने कुल रू. १ अर्ब ४२ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।