सर्वोत्तम सिमेन्टका अध्यक्ष भन्छन् 'सबै क्युआईआईले आईपिओ पाओस् भन्ने इच्छा छ'

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु कुमार न्यौपानेले सबै संस्थागत लगानीकर्ता (क्युआईआई ) ले सर्वोत्तम सिमेन्टको आईपिओ पाओस् भन्ने आफ्नो इच्छा रहेको बताएका छन् । आईपिओ निष्काशन अगाडी गरिएको रोड शो कार्यक्रममा  उनले शेयर कित्ता भन्दापनि लगानीकर्ताको संख्या बढि होस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।उनले १००० कित्ता नै भए पनि सबै योग्य संस्थागत लगानीकर्ताले शेयर पाओस् भन्ने चाहना रहेको बताएका हुन् । त्यस्तै उनले नेपालमा संस्थागत लगानीकर्ता अझै थपिनु पर्ने बताएका छन्। उनले बंगलादेशमा करिब १५०० योग्य संस्थागत लगानीकर्ता रहेकोमा नेपालमा पनि कम्तिमा ५०० योग्य संस्थागत लगानीकर्ता हुनु पर्ने बताएका छन् । उनले बुक विल्डिङ मार्फत आईपिओ निष्काशन गर्ने पहिलो कम्पनी हुनु गौरवको विषय समेत भएको बताएका छन् ।  कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।   कम्पनीले गत आइतबार निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गरेको हो ।योग्य संस्थागत लगानीकर्ताले यहि असार २४ गतेसम्म आशयपत्र पेश गर्ने समय छ । आशयपत्रमा योग्य संस्थागत लगानीकर्ताले आफुले खरिद गर्न चाहेको शेयरसंख्या र प्रति कित्ता खरिद आशय मूल्य पेश गर्नु पर्ने छ। यदि कम्पनीले पेश गरेको अनुमानित मूल्य भन्दा फरक हुने गरि आशय मूल्य पेश गरेमा  मुल्यांकनको आधार समेत पेश गर्नु पर्ने छ ।  संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ ।

सम्बन्धित सामग्री

ओलीले भने- मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।

यौन इच्छा हरायो? के गर्ने?

हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।

‘देउवालाई राष्ट्रपति हुने इच्छा छैन’

बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति हुने इच्छा नभएको बताउनुभएको छ । प्रेस युनियन, बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले पार्टी सभापति देउवाले राष्ट्रपति हुने इच्छा प्रकट नगरेको बताउनुभयो । उहाँले कांग्रेसबाट राष्ट्रपति हुन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू रहेको बताउनुभयो । कांग्रेस प्रवक्ता डा. […]

गृहजिल्ला पुगेर देउवाले भने– गठबन्धनलाई १५ वर्षसम्म लैजाने इच्छा छ

देउवाले भने, ‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ । संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ ।’

एसियन कप आयोजनाका लागि चार राष्ट्रको इच्छा

२ साउन, काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ […]

अन्तिम इच्छा

आज उनी ओछ्यान परेकी छिन्। उनको निको नहुने रोग रहेछ। डाक्टरहरू सबैले माया मारिसकेका थिए। एकप्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए। छोराछोरी र आफन्त सबै उनको अन्तिम इच्छा पूरा गर्न उनकै वरपर थिए।...

महानायक राजेश हमालको काठमाडौंको मेयर हुने इच्छा !

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन ।

मर्नुअघि पत्नीले राखेको अन्तिम इच्छा सुनेर पतिको होस उड्यो, के थियो इच्छा ?

मर्ने समयमा अन्तिम इच्छा सोधियो भने के जवाफ आउला ?  एक महिलाले सुनाएको आफ्नो अन्तिम इच्छा सुनेर तपाईं छक्क पर्नुहुन्छ । ती महिला गंभीर बिरामी थिइन् । चिकित्सकले उनलाई ९ महिनाभन्दा बढी नबाँच्ने बताएका थिए ।  ‘इन्डिपेन्डेन्ट’ को एक रिपोर्ट अनुसार ती महिलालाई उनको पतिले अन्तिम इच्छा सोधे ।  महिलाले आफ्नो अन्तिम इच्छा पूर्व प्रेमीको साथ यौनसम्पर्क राख्न चाहेको बताइन् ।  पत्नीको यस्तो कुरा सुनेपछि पतिको होश उड्यो ।  पत्नीको कुरा सुनेपछि अक्क न बक्क भएका पतिले सामाजिक सञ्ज...

न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुनी व्यवस्था लागू

काठमाण्डाै - न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् । न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ । न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस क...

लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलङ्काका राष्ट्रपतिको इच्छा

काठमाडौँ । श्रीलङ्काले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा हिजो (मंगलबार) भएको भेटमा श्रीलङ्काका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् । श्रीलङ्काका राष्ट्रपति राजापाक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सद्भाव रहने बताएको परराष्ट्र […]