मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानबाट चोरी सुन किनेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले विमानमा एक शंकास्पद यात्रु रहेको विशेष सूचनाका आधारमा विमान रोकेर चेकजाँच गरेको थियो । जसले गर्दा विमान निर्धारितभन्दा २ घण्टा ढिला गरी मुम्बइका लागि उडेको थियो ।