पञ्‍चकन्यामा भत्तालाई छुट्याइएको ५३ लाख चोरी घटनाबारे अनुसन्धान सुरु

जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि छुट्याइएको ५३ लाख रुपैयाँ चोरी घटनाबारे अनुसन्धान सुरु भएको छ । पालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन र अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी कार्यालयले काम थालेको जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

महिलाहरुले चलाएको सहकारीबाट ३४ लाख चोरी

विराटनगर । मोरङको धोबेनमा महिलाहरूले चलाएको सहकारीको मूल ढोकाको ताला फुटाएर चोरी भएको छ । शुक्रबार राती मिक्लाजुङ गाउँपालिका–३ धोबेनमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपैयाँ निक्षेप चोरी भएको हो ।  घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा)लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ ।  प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ ।  प्रारम्भिक अनुसन्धानबाट...