स्वचालित प्रणालीबाट कम्पनी स्थापनादेखी पुँजी वृद्धिसम्मको सुविधा

विदेशी लगानीकर्ताहरुले अब स्वचालित प्रणालीबाटै नयाँ कम्पनी स्थापनादेखि पुँजी वृद्धिसम्मका सुविधा पाउने भएका छन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली संशोधन गर्दै यस्तो सुविधाको व्यवस्था गरेको हो । संशोधन अनुसार विदेशी लगानीकर्ताले स्वीकृतिका लागि पेश गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीमार्फत पेश गर्न सक्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना […]

सम्बन्धित सामग्री

बिनाशुल्क कम्पनी दर्ता कहिले ?

काठमाडौं– सरकारले कम्पनी दर्ता वा पुँजी बढाउने काम गर्दा कुनै शुल्क नलाग्ने गरेको घोषणा अझै लागु भएको छैन ।चालु आर्थिक वर्षको साउन सुरुमै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय कार्यान्वयन तहमा आउन दुई महिनाभन्दा बढी समय लागेको […]

कम्पनी छुटमा ढिलाइ

मन्त्रिपरिषदले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरे पनि यसलाई राजपत्रमा प्रकाशन गर्न ढिलाइ गर्दा सेवाग्राहीले सुविधा उपयोग गर्न पाएका छैनन् । साउन तीनमा बसेको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो । […]

‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ बजेटको घोषणा कार्यान्वयनमा आएन

सरकारले बजेटमार्फत गरेको ‘सय रुपैयाँ पुँजीमा कम्पनी खोल्न सकिने’ लोकप्रिय घोषणा कार्यान्वयनमा विलम्ब भएको छ । चालू आर्थिक वर्षको बजेटले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्न कुनै शुल्क नलाग्ने...

कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यो छुट […]

कम्पनी खोल्न एक सय रूपैयाँ

सरकारले आगामी आवको बजेटमार्फत् नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाएको छ।...

नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा  कुनै शुल्क नलाग्ने

नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा  कुनै शुल्क तथा दस्तुर नलाग्ने बजेट घोषणामा उल्लेख गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

बिमाप्रतिको विस्वास बढाउन जोड

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरुको पुँजी वृद्धि भएपछि बिमा दावी भुक्तानी र बिमाप्रतिको विश्वास समेत बढ्दै जाने बताएक छन् ।बिमा समिति कर्मचारी युनियनले ललितपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले समितिले बिमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरे अनुरुप पुँजी वृद्धिका लागि दुईवटा कम्पनी मर्ज भएका र अन्य २० वटा कम्पनीले […]

‘फोर्स मर्जर’ दबाबमा बीमा कम्पनी, चुक्ता पुँजी पुर्याउन कसले कति बढाउनुपर्छ ?

अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च