‘पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक’

महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने छ भने । दुई दशक भन्दा बढी […]

सम्बन्धित सामग्री

ठेकेदार चुनावी मैदानमा, पुनः गौचरणमा परिणत हुँदै मझगाउँ विमानस्थल

कैलाली - झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु हुँदा यहाँका स्थानीयमा उत्साह छाएको थियो, तर अहिले विमानस्थालको काम ठप्प भएको छ । २०७८ पौष २७ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै मन्त्री आलेले निर्माण कम्पन...

दुई दशकपछि सञ्चालनमा आउँदै मझगाउँ विमानस्थल

महेन्द्रनगर-वि.सं २०५६ मा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि सञ्चालनमा आउने भएको छ ।गौचरणलगायत विमानस्थल सञ्चालन गर्न भन्दै लामो समयदेखि राजनीतिसँगै सामाजिक मुद्दा बनेको विमानस्थलको अहिले ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण कार्य पनि सुरु भएको छ । विमानस्थलको धावनमार्ग, एप्रोन र टेक्सी वे का लागि टेण्डर प्रक्रिया भएर निमार्णको […]

मझगाउँ विमानस्थल निर्माण सुरु

१५ चैत, काठमाडौं । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा धावनमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजनाका सहायक प्रमुख प्रकाश …

मझगाँउ विमानस्थल पुनः निर्माण थालिने

दुई दशकदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माणकार्य अगाडि बढने भएको छ । विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ । विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताए ।विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, […]

मझगाँउ विमानस्थल सुचारु गरेरै छोड्छु : मन्त्री आले

विमल विष्ट, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सुचारुका लागि पहल भइरहेको बताउनु भएको छ । आज बुधवार उक्त विमानस्थलको निरीक्षण अवलोकनका लागि पुग्नु भएका मन्त्री आलेले विमानस्थलको स्तरोन्नति गरी चाडै नै विमानस्थल सुचारु गरेर नागरिकलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले […]