ठेकेदार चुनावी मैदानमा, पुनः गौचरणमा परिणत हुँदै मझगाउँ विमानस्थल

कैलाली - झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु हुँदा यहाँका स्थानीयमा उत्साह छाएको थियो, तर अहिले विमानस्थालको काम ठप्प भएको छ । २०७८ पौष २७ गते तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास गर्दै मन्त्री आलेले निर्माण कम्पन...