मझगाउँ विमानस्थल निर्माण सुरु

१५ चैत, काठमाडौं । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाँउ विमानस्थलको निर्माण कार्य सुरु भएको छ । पहिलो चरणमा धावनमार्ग निर्माणका लागि प्रक्रिया अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजनाका सहायक प्रमुख प्रकाश …

सम्बन्धित सामग्री

मझगाउँ विमानस्थल निर्माण : २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट (कञ्चनपुर), १७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम […]

मझगाउँ विमानस्थल निर्माण : २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट (कञ्चनपुर), १७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम […]

मझगाउँ विमानस्थल निर्माण सुस्तगतिमा

बेदकोट (कञ्चनपुर), १३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित शर्माले बताए । बर्खामा […]

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माणमा अल्झन

कञ्चनपुर । जिल्लाको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल (Airport) लाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन (Land) विमानस्थललाई उपलब्ध नहुँदा निर्माणको काम प्रभावित बनेको हो ।  विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न भएको र थप काम गर्ने जग्गाको स्वामित्व प्राप्त नहुँदा काम रोकिने विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘सेनाले भोगचलन गरिरहेको जग्गा विमानस्थलको नाममा आएको छैन,’ उनले भने, ‘अहिले विमानस्थलको नाममा भएको जग्गामा काम सकिएको छ ।’  ओझाले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढे पनि टुंगो लाग्न नसकेको बताए । ‘अहिले विमानस्थलको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘जग्गाको भोगाधिकारका लागि यहाँका जनप्रतिनिधि खटिनुभएको छ, आशा छ छिट्टै हुन्छ होला ।’  अहिले पनि जग्गाको स्वामित्वका लागि फाइल मन्त्रालयमा प्रक्रियामै रहेको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको ओझाले बताए । सेनाको मातहतमा रहेको जग्गा विमानस्थललाई दिने यसअघि सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि लालपुर्जा सेनाका नाममा छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले मन्त्रिपरिषद्को निर्णयबिना रुख कटान गर्न नसकिने बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै हाम्रो रुख काट्ने पक्रिया शुरु हुन्छ,’ उनले भने, ‘सरकारले निर्णय गरेपछि कुनै अवरोध हुँदैन ।’  विमानस्थलको काम प्रभावित बनेपछि यहाँको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले स्थलगत निरीक्षण गरेर जग्गाको भोगाधिकार र रुख कटानीका लागि केन्द्र सरकारसँग पहल गर्ने बताएका छन् । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा निर्माणको सम्झौता भएको छ ।  पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे, एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल पछि बन्द गरिएको थियो । रासस

मझगाउँ विमानस्थल निर्माण अवरोध हट्यो

जग्गा प्राप्त नहुँदा रोकिएको मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । औपचारिक रूपमा जग्गा प्राप्त नभए पनि मौखिक सहमतिका आधारमा निर्माण अघि बढाइने भएको हो ।

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माणको काम रोकियो

दोधारा चाँदनी – कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ।  विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन भएको हो। अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ। रत्न बाटिका र सेनाले […]

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह छिटै बन्छ : मन्त्री बडू

कञ्चनपुर :  उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन्।कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणमा बुधबार मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए।भारतीय पक्षले बन्दरगाह निर्माणका लागि पत्राचार गरेको उल्लेख गर्दै उनले निर्माण अगाडि बढ्ने बताए। मन्त्री बडूले मझगाउँ विमानस्थल निर्माण र दैजी छेला औद्योगिक

दुई दशकपछि मझगाउँ विमानस्थल निर्माण कार्य सुरु

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निर्माण गरिने छ ।

२२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थलको शिलान्यास

धनगढी – लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भौतिक संरचना निर्माणका लागि बुधबार शिलान्यास गरेका हुन्। शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण गरिने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको […]