नवलपरासी - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले नेकपा (एमाले) को तीन दशक लामो विरासत भत्काएको छ । सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बन्नुभएका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काउनुभएको हो ।
गएकाे आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम आज सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई दुई हजार २१ मतान्तरले पराजित गर्नुभएको थियो । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार एक सय च...