समग्रमा काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भएर ढुक्कसँग हिँड्न योग्य छैनन् । काठमाडाैंका फुटपाथमा पाइला-पाइलामा अनगिन्ती अवरोध छन् । खाल्डोखुल्टी, फोहोर र निर्माण सामग्री जताततै भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।